प्रभु सेलेक्ट फन्डको प्राथमिक निष्काशन तथा बिक्री खुला हुँदै, जेष्ठ ५ देखि ९ गतेसम्म आवेदन दिन सकिने
काठमाडौं । प्रभु सामुहिक लगानी कोष अन्तर्गत प्रभु सेलेक्ट फन्डले आगामी जेष्ठ ५ गतेदेखि फन्डको प्राथमिक निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा आउन लागेको यस फन्डले १ अर्ब बराबरको १० करोड इकाई जारी गर्न लागेको हो ।
यो योजनाको कोष प्रवर्द्धक प्रभु बैंक लिमिटेड रहेको छ भने योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेड रहेको छ । यो योजना एक बन्द मुखि योजना हो । यस योजनाले इकाई बिक्रीबाट संकलित रकमको ८० देखि १०० प्रतिशत सम्म सेयरमा लगानी गर्ने छ ।
निष्कासित कुल इकाई मध्ये कोष प्रवर्द्धक प्रभु बैंक लिमिटेडले १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई र कोष व्यवस्थापक प्रभु क्यापिटललाई १ प्रतिशत अर्थात १० लाख इकाई गरी कूल १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाईको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
फन्डको इकाईमा लगानी गर्न इच्छुक लगानीकर्ताले ५ गतेबाट छिटोमा जेठ ९ गतेभित्र आवेदन दिन सक्नेछन् भने सो अवधिमा सबै इकाईको लागि आवेदन नपरेको खण्डमा भने ढिलोमा जेष्ठ १९ गतेसम्म इकाई बिक्री खुला रहने कोष प्रवर्धक प्रभु बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा धर्म परिवर्तन डरलाग्दो समस्या भयो : कमल थापा
-
खराब मौसमका कारण दुई सयभन्दा बढी विदेशी पर्यटक मन्थलीमा रोकिए
-
नाउपाका नेता घनश्याम चौधरी भन्छन्– सुदूरपश्चिम सरकारबाट हामी फिर्ता हुँदैनौँ
-
त्रिविले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने
-
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
-
भारतमा ट्याक्सी दुर्घटना हुँदा १० जनाको मृत्यु