बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कोभिड–१९ विरुद्धको लडाइँमा प्रधानमन्त्री ओलीले खोजे दलहरूको साथ

सोमबार, २७ वैशाख २०७८, १३ : ५६
सोमबार, २७ वैशाख २०७८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्धको लडाईमा दलहरूको साथ खोजेका छन् । प्रतिनिधिसभामा विश्वासको मत लिने प्रस्ताव राख्दै प्रधानमन्त्री ओलीले कोभिड–१९ महामारीको दोस्रो लहरबाट मुलुक आक्रान्त भइरहेको बताए । ‘हजारौं मानिस अस्पतालमा, हजारौं मानिस घरमै स्वास्थ्य लाभ गरिरहेका छन्,’ उनले भने, ‘कोभिड–१९ को रोकथाम र त्यसको उपचारमा सरकारको ध्यान केन्द्रित छ ।’

उनले यतिबेला कोभिडविरुद्धको लडाईलाई पक्ष वा विपक्षको रुपमा नभई यसलाई परास्त गर्नु सबैको साझा दायित्व हुनुपर्ने बताए । उनले यतिबेला स्थिरता र स्थायित्वका साथ एकतावद्ध भएर, जनताले देख्ने बुझ्ने गरी सबै एकजुट भएर कोभिड–९ विरुद्ध लागेको हुनुपर्ने भए पनि विविध कारणले त्यस्तो हुन नसकेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप