बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो महामारीमा पनि कसैले भ्रष्टाचार गर्छ भने त्यस्तालाई छाडिन्न : प्रधानमन्त्री  ओली

सोमबार, २७ वैशाख २०७८, १४ : ०३
सोमबार, २७ वैशाख २०७८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक कोभिड–१९ को तिब्र संक्रमणको संकटमा फसिरहेको अवस्थामा पनि कोही कसैले भ्रष्टाचार सोच्छ र गर्छ भने त्यसलाई नछाड्ने बताएका छन् । मुलुक संक्रमणसँग जुधिरहेको अवस्थामा, रोकथाम र उपचारमा जुटिरहेको अवस्थामा पनि कसैले अनुचित सोच्छ भने त्यस्तो गतिविधि क्षम नहुने र त्यस्तालाई कडा भन्दा कडा कारबाही गरिने बताए । 

सोमबार प्रतिनिधिसभा संसदमा सरकारको विश्वासको मत लिने क्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।  सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल त्यस्तो देश हो जसले कोभिड विरुद्धको भ्याक्सिन उत्पादन नगरेपनि प्रयोग गर्ने पहिलो मुलुक बनेको दाबी प्रस्तुत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप