शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोभिडविरुद्धको लडाइँमा ध्यान केन्द्रीत गर्न नसकिएको ओलीको स्वीकार

सोमबार, २७ वैशाख २०७८, १४ : ०६
सोमबार, २७ वैशाख २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आफ्नो ध्यान कोभिडविरुद्धको लडाइँमा केन्द्रीत गर्न चाहेपनि बाध्यताबस नसकेको स्वीकार गरेका छन् ।   ‘सरकार आफ्नो ध्यान कोभिड विरुद्धको लडाइँमा केन्द्रीत गर्न चाह्यो । विकास र समृद्धिमा गर्न चाह्यो । तर सरकारले अनेक अप्ठ्याराको सामना गर्नुपर्यो’, सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिनका लागि आफ्नो प्रस्ताव पेश गर्ने क्रममा बोल्दै ओलीले भने । 

उनले जनताको जीवन रक्षा पहिलो सर्त भएको भन्दै कसैले महामारीको मौकामा फाइदा उठाउँदै भ्रष्टाचार गर्न खोज्न भने त्यसलाई कारबाहीको दायरामा ल्याइने बताए ।  उनले विपक्षीले आफ्नो बदनामका लागि किर्ते काममा समेत लागेको भन्दै आक्रोश पोखे । भारतीय गुप्तचर एजेन्सी रअका प्रमुख सामन्त गोयलसँग आफ्नो गोप्य सम्झौता भएको भन्दै किर्ते दस्ताबेज बाहिर ल्याउने काम भएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप