शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सत्यलाई स्वीकार्ने हो भने सरकारलाई विश्वास नगर्नुपर्ने कारण छैन: प्रधानमन्त्री ओली

सोमबार, २७ वैशाख २०७८, १४ : २८
सोमबार, २७ वैशाख २०७८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले राष्ट्रियता, विकास, स्वास्थ्य, सुरक्षा लगायतका क्षेत्रमा धेरै र महत्वपूर्ण काम गरेकाले सरकारलाई विश्वास नगर्नुपर्ने कुनै कारण नरहेको बताएका छन् । 

उनले नेपाललाई विकास र प्रविधिका हिसाबले आधुनिक देशका रुपमा अघि बढाएको भन्दै आग्रह, पूर्वाग्रह र प्रतिशोधको आधारमा सरकारले कुनै काम नगरेको दावी गरे । ‘त्यसकारण सत्यलाई स्वीकार गर्ने हो भने यो सरकारलाई विश्वास नगर्नुपर्ने कुनै कारण नै छैन’, प्रधानमन्त्री ओलीले मेलम्ची, सडक, धरहरा, रानीपोखरी, दरवार हाइस्कुल, वसन्तपुर लगायतका सम्पदा पुनःनिर्माण गरेर विकासलाई तीव्रता दिएको बताए । 

नेपालको संविधानको धारा १०० को उपधारा १ बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने प्रस्ट पार्न प्रतिनिधि सभाको नियम १५२ को उपनियम २ बमोजिम विश्वासको मतको लागि प्रस्ताव प्रस्तुत गर्दै  सरकारमाथि हिलो छ्याप्ने, कोभिड विरुद्धको औषधीको भ्रष्टाचारका नाममा कुरा उचाल्ने, नभएका कामको अनुचित ढंगले उचाल्ने काम भइरहेकोमा दलहरूप्रति आक्रोश पोखे । 

उनले राष्ट्रियता, लोकतन्त्र, मानवअधिकार, भ्रष्टाचारविरुद्धको लडाइमा सरकार अनुचित अडानमा सम्झौता नगर्ने भन्दै जनताको हित छोडेर सरकारले केही नगरेको दावी गरे । साथै उनले सरकारले गरेका कामहरु आफुले भनिरहनु नपर्ने भन्दै तस्वीरहरुले नै बताउने बताए । उनले सत्यलाई स्वीकार्ने हो भने सरकारले गरेका कामहरूबाट सरकारलाई समर्थन गर्नु नपर्ने कुनै कारण नरहेको दावी गरे । लक्ष्य र उदेश्य बोकेर सरकार हिँडेको भन्दै उनले सरकार अन्धाधुन्ध नगएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप