शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मकवानपुरमा अटोलाई एम्बुलेन्सको रुपमा प्रयोग गरिने

सोमबार, २७ वैशाख २०७८, १५ : ५७
सोमबार, २७ वैशाख २०७८

मकवानपुर । मकवानपुरमा कोरोना संक्रमितहरुको संख्या तीव्र रूपमा बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले अटोलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय गरेको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले हेटौंडा उपमहानगरपालिका क्षेत्रमा अटोलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय गरेको हो ।

बैठकले वडा कार्यालयसँगको समन्वय गरी हेटौंडा उपमहानगरपालिकाका प्रत्येक वडामा २÷२ वटा अटोलाई ‘अटो एम्बुलेन्स’ को रूपमा प्रयोग गर्ने निर्णय गरेको हो । जेष्ठ नागरिकहरुलाई कोरोना संक्रमणको जोखिमबाट जोगाउन यसअघि बैंकबाट वितरण हुँदै आएको सामाजिक सुरक्षा भत्ताका सम्बन्धित स्थानीय तहका वडा अध्यक्षहरूले घर–घरमा नै पुर्याउने व्यवस्था मिलाउन भनेको छ ।


त्यस्तै निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनहरू बिहान १० बजेदेखि दिउसो ३ बजेसम्म मात्र सञ्चालन गर्न दिने निर्णय गरेको छ । त्यस्तै जिल्लाका सबै सवारी साधनहरू मर्मत गर्ने वर्कशपहरू स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर बिहान १० बजेदेखि दिनको ३ बजेसम्म मात्र सञ्चालन गर्न दिइने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप