शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उपेन्द्रलाई ओलीको जवाफ : मैले माखाको साङ्लो भनेको होइन

सोमबार, २७ वैशाख २०७८, १६ : ४३
सोमबार, २७ वैशाख २०७८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको प्रश्न जवाफ दिएका छन् ।  यादवले मधेसी आन्दोलनकारी मारिँदा आँप झरेको भनेको र मानव साङ्लोलाई माखे साङ्लो भनेकोबारे प्रश्न उठाएका थिए  । 

अहिले मधेशीलाई फकाउन थाल्नुभएको छ । मधेस आन्दोलनका क्रममा आन्दोलनकारी मारिँदा दुई चार आँप झरेका हुन् भन्नुहुन्थ्यो के अहिले त्यै आँप खुवाएर फकाउँहुनुहुन्छ तपाईं  भन्ने ओलीलाई यादवको प्रश्न थियो ।

यसको जवाफमा ओलीले त्यसलाई अपव्याख्या गरिएको प्रस्टिकरण दिए । उनले भने, ‘मैले मानव साङ्लोलाई माखे साङ्लो भनेको भनेर उदुम मच्चाइयो । मैले माखाको साङ्लो भनेको होइन । जटिल भयो भनेको हो ।’

यस्तै ओलीले आन्दोलनकारी मारिँदा एक दुई आँप झरेको नभएको पनि दाबी गरे । ‘अन्य प्रसंगमा आँपको रुखबाट एक दुई वटा आप झर्दा रुख नै सकिँदैन न भनेको हो’ ओलीले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप