शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीले माधव नेपाललाई सम्झिए

सोमबार, २७ वैशाख २०७८, १६ : ५१
सोमबार, २७ वैशाख २०७८

काठमाडौं । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपालको सम्झना गरेका छन् । उनले आफूले एक होटलबाट धरहरा हेर्दै गर्दा माधव नेपाल आइपुगेको र  हेरेर राम्रो देखियो भनेको तर बाहिर गएर नेपालले अर्कै भाषण गरेको बताए । 

प्रतिनिधिसभामा विश्वासको मत लिने क्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै ओलीले कतिपयले धरहरा नबन्दै उद्घाटन गरेको भन्ने टिप्पणी गरेको प्रति विमति जनाउँदै धरहरा बनिसकेको र नपत्याए हेर्न जान सांसदहरुलाई सुझाए । 
‘धरहरा बनेको छ परैबाट देखिन्छ, अस्ति एकजना मित्रलाई मैले होटलमा भेटघाट थियो । उहाँ नआइपुगेकाले मैले झ्यालबाट धरहरा हेर्दै थिएँ । यहाँबाट राम्रै धरहरा देखिँदो रहेछ भनेँ, उहाँले पछि भाषणै गर्नुभयो मलाइ धरहरा देखायो भनेर । धरहरा देखाउन नहुने कुरा हो र ?’, उनले भने , ‘मैले त सबै राम्रो देखिँदो रहेछ भनेर कुरा गरेको थिएँ ।’

आजको बैठकमा माधव नेपाल समूहको उपस्थिति रहेको छैन । जसका कारण र अरु दल समेतले सहयोग नगर्ने हुँदा ओलीले विश्वासको मत नपाउने देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप