शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कुशल भुर्तेल र फकर जमानलाई पछि पारेर बाबर आजम महिनाको उत्कृष्ट खेलाडी

सोमबार, २७ वैशाख २०७८, १७ : २३
सोमबार, २७ वैशाख २०७८

एजेन्सी । पाकिस्तानका कप्तान बाबर आजम अप्रिल महिनामा आईसीसीको उत्कृष्ट क्रिकेटर चुनिएका छन् । बाबरले दक्षिण अफ्रिका र जिम्बाबे विरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । यस अवार्डका लागि बाबरसँगै पाकिस्तान फकर जमान र नेपालका कुशल भुर्तेल पनि मनोनयनमा परेका थिए । फकर जमानले दक्षिण अफ्रिकाविरुद्धको वनडे सिरियामा उत्कृष्ट प्रदर्शन गरेका थिए भने कुशल भुर्तेलले नेदरल्यान्ड र मलेसियाविरुद्ध टी–२० त्रिदेशीय सिरिजको उपाधि नेपाललाई जिताउन महत्वपूर्ण भूमिका खेले । 

त्यसक्रममा कुशलले ५ खेलमा चार अर्धशतक बनाएका थिए । बाबरले भर्खरैमात्र वान डे क्रिकेटमा ब्याट्सम्यानतर्फको सूचीमा विराट कोहलीलाई पछि पारेर पहिलो नम्बर हासिल गरेका थिए । उनले यसै महिना सर्वाधिक चाँडो २ हजार टी–२० रन आफ्नो नाममा लेखाएका थिए । 

बाबरले अप्रिल महिनामा तीनवटा एकदिवसीय खेलमा ७६ को औसतमा २ सय २८ रन बनाएका थिए, जबकी यसै महिना सातवटा टी २० खेलमा उनले ३ सय ५ रन बनाए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप