शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सलमानकी बहिनीहरू अर्पिता र अलवीरा कोरोना संक्रमित

मङ्गलबार, २८ वैशाख २०७८, ११ : ३८
मङ्गलबार, २८ वैशाख २०७८

अभिनेता सलमान खानको दुबै बहिनी अर्पिता खान र अलवीरा अग्नीहोत्री कोरोनाबाट संक्रमित भएका छन् । उनीहरु कोरोना संक्रमित भएको सलमान खान आफैले एक अन्तर्वार्तामा बताएका थिए ।

सलमानले आफ्नो बहिनीहरूमा कोरोना भएको जानकारी दिदै उनीहरुमा कुनै लक्षण समेत नभएको बताए ।

‘गत बर्ष कोरोना भएको सुन्न मात्र मिलेको थियो’ सलमानले भने ‘यो बर्ष घरका सदस्य र नजिकका ब्यक्तिलाइ कोरोना भएको छ ।’ सलमानले कोरोनाको दोस्रो लहर निकै खतरनाक भएको समेत सुनाए ।

सलमानकी बहिनी अर्पिताले २०१४मा आयुुष शर्मासँग विवाह गरेकी थिइन् । आयुष पनि फिल्ममा सक्रिय छन् । अलवीरा खानले भने अभिनेता तथा निर्माता अतुल अग्निहोत्रीसँग विवाह गरेकी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप