बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘जुम–जुम’ मा सलमान र दिशा पटानीको केमेस्ट्री

मङ्गलबार, २८ वैशाख २०७८, ११ : ५५
मङ्गलबार, २८ वैशाख २०७८

‘राधे योर मोस्ट वान्टेड भाइ’ का हरेक गीतहरुले अहिलेसम्म राम्रो चर्चा बटुलिरहेका छन् । फिल्म रिलिज हुनभन्दा तीन दिनअघि निर्माताहरुले सलमान खान र दिशा पटानीको अभिनय रहेको नयाँ गीत ‘जुम–जुम’ सार्वजनिक गरेका छन् । 
यो अनस्क्रिन जोडीको  ‘सिटी मार’ बोलको गीत भर्खरै मात्र सार्वजनिक भएको थियो । अब, रोमान्टिक डान्स नम्बर ‘जुम–जुम’ सार्वजनिक भएको छ । 
यस गीतमा सलमान र दिशाको हल्का–फुल्का केमेस्ट्री देखिन्छ । 

यस गीतलाई सुन्दर एमबी भ्यालीमा सुट गरिएको छ । गीतको संगीत साजिद–वाजिदले कम्पोज गरेका छन् । यस गीतलाई कुणाल वर्माले लेखेका हुन् । ऐश किंग र इयूलिया वन्तुरले गीतमा स्वर भरेका छन् र सिजर गोन्साल्विसले यसको कोरियोग्राफी गरेका छन् । 

फिल्ममा सलमानसँगै दिशा पटानी, रणदीप हुड्डा र ज्याकी श्राफ पनि महत्वपूर्ण भूमिकामा छन् । 
सलमान खान फिल्म र जी स्टुडियोको प्रस्तुती हो,  ‘राधे योर मोस्ट वान्टेड भाई’  । यो फिल्म इदको अवसर पारेर १३ मेइमा डिजिटल प्लेटफर्ममार्फत  रिलिज हुँदैछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप