बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

झलनाथ खनालले जिते कोरोना, प्लाज्मा थेरापी विधिबाट भएको थियो उपचार

मङ्गलबार, २८ वैशाख २०७८, १२ : ०३
मङ्गलबार, २८ वैशाख २०७८

काठमाडौं । कोरोना संक्रमण भई नर्भिक इन्टरनेशनल अस्पतालमा उपचाररत पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल स्वस्थ भई आज डिस्चार्ज हुँदैछन् ।  

बैशाख १८ गते शनिवार नर्भिक अस्पतालमा भर्ना भएका खनाललाई अक्सिजनको सपोर्टमा उपचार सुरु गरिएको थियो । अस्पतालमा भर्ना भएको भोलिपल्टदेखि नै उनलाई प्लाज्मा थेरापी विधिबाट समेत उपचार गरिएको अस्पतालले जनाएको छ । 

अस्पताल भर्ना भएपछि उनको स्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार भएको र २ दिनअघि स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको अस्पतालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । चिकित्सकहरुको सल्लाहअनुसार खनाल आज डिस्चार्ज हुँदैछन् ।

नेता खनालको उपचारमा नर्भिक अस्पतालका चिकित्सकहरु डा. जेपी जैसवाल र डा. बी श्रीवास्तव नेतृत्वको स्वास्थ्यकर्मीको टिम संलग्न थियो ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप