शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

व्यथाले छट्पटिएकी प्रसूतिलाई भर्ना लिइएन, कोरोना परीक्षणको लाइनमै जन्माइन् बच्चा

मङ्गलबार, २८ वैशाख २०७८, १२ : ०९
मङ्गलबार, २८ वैशाख २०७८

घटना भारतको हो । छत्तिसगढको कोरबा जिल्ला अस्पतालमा सरकारी सिस्टमको एक अमानवीय तस्विर बाहिरिएको छ । 
नकटीखार निवासी २७ वर्षीया गनेशिया वाई मन्झवारलाई सोमबार बिहानै सुत्केरी व्यथाले च्याप्यो । पति देवानन्द मन्झवारले जिल्ला अस्पतालस्थित प्रसुती कक्षमा पुु-याए । त्यहाँ नर्स र कर्मचारीहरुले  भर्ना लिनुको साटो पहिला कोरोना परीक्षण गरेर आउन भने । 
जिल्ला अस्पताल परिसरस्थित कोरोना जाँच केन्द्रमा यी महिलालाई पुु-याउँदा बिहान साढे आठ बजेको थियो । कोरोना केन्द्रमा जाँच ९ बजेबाट सुरु हुन्छ । देवानन्दका अनुसार उनकी श्रीमतीलाई कोरोना जाँचका लागि लाइनमा राखियो । यही समय उनी व्यथाले चिच्याउन थालिन् र केही मिनेटमै त्यही सुत्केरी भइन् । त्यसपछि एक ह्विल चेयरमा राखेर उनलाई प्रसूती कक्षमा लगियो । 

अनि आयो नेगेटिभ रिपोर्ट 
यसपछि सुत्केरीको कोरोना जाँच भयो । आमा र शिशु दुबैको रिपोर्ट नेगेटिभ आयो । दुबै स्वस्थ छन् । जिल्ला अस्पतालका सिभिल सर्जन डाक्टर अरुण तिवारीले भने,‘ पहिले पनि एक गर्भवती महिला कोरोना पोजेटिभ देखिएकी थिइन्, त्यसैकारण कोरोनाको जाँच जरुरी थियो ।’

यद्यपी, व्यथाले छट्पट्एकी व्यक्तिलाई भर्ना गर्नुको साटो लाइनमा लगाउने अस्पताल प्रशासनको यस अमानवीय कदमको सर्वत्र निन्दा भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप