शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लुम्बिनी : राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता जेठ ४ मा

मङ्गलबार, २८ वैशाख २०७८, १७ : ३४
मङ्गलबार, २८ वैशाख २०७८

रुपन्देही । लुम्बिनी प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यको आगामी जेठ १७ गते हुने उपनिर्वाचन कार्यक्रम स्वीकृत गरिएको छ । कार्यक्रमअनुसार जेठ ४ गते उम्मेदवारको मनोनयन पत्र दर्ता र उम्मेदवारको सूची प्रकाशन गरिने छ ।
त्यसअघि जेठ १ गते मतदाता नामावली प्रकाशन गर्ने र दावी विरोधको उजूरी दिने, जेठ २ र ३ गते प्राप्त निवेदन तथा उजुरीमाथि छानबिन र कारवाही गर्ने तथा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

आयोगका अनुसार जेठ ५, ६ र ७ गते उम्मेदवारको विरोधमा उजूरी दिने, मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने तथा नामावली प्रकाशन गर्ने, जेठ ८ गते नाम फिर्ता लिने र जेठ ९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम  छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप