शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बालविवाह गर्ने र गराउने पक्राउ

मङ्गलबार, २८ वैशाख २०७८, १८ : १२
मङ्गलबार, २८ वैशाख २०७८

काठमाडौं । सुनसरीको देवानगन्ज गाउँपालिका–५ बाट बालविवाह गर्ने बेहुला र विवाह गराउनेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिनगर गाउँपालिका–४ घर भएका २६ वर्षीय मिथिलेश पाल र उनका सानोबुवा फुलचन पाल छन् । देवानगञ्ज–१ घर भएकी १८ वर्षीय कल्पनाकुमारी पाल र  मिथिलेश पालको बीचमा विवाह हुँदै थियो । प्रहरीले उनिहरुलाई विवाह मण्डपबाट पक्राउ गरेको हो ।

उनीहरुको विवाह कार्यक्रम फुलचन पालको घरमा हुँदै थियो । २० वर्ष पुरा नभइ विवाह गरेमा ३ वर्ष कैद वा ३० हजार जरिवाना हुने कानुनी व्यवस्था छ । विवाहसम्बन्धी कसुरमा म्याद लिएर आरोपीहरुमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप