बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अवस्था जटिल हुँदै गएको छ : स्वास्थ्यमन्त्री त्रिपाठी

बुधबार, २९ वैशाख २०७८, ०० : ०२
बुधबार, २९ वैशाख २०७८

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले नेपालमा कोभिड–१९ को संक्रमण उच्च गतिमा बढेकाले जटिल अवस्था सृजना भएको बताएका छन् । मन्त्री त्रिपाठीले कोरोना संक्रमण बढ्ने ट्रेन्ड जारी रहेकोले जटिल अवस्था सृजना भएको बताए ।

 मंगलबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री त्रिपाठीले छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमणको दर उच्च रहेकोले नेपालमा संक्रमण उच्च बिन्दुमा पुग्ने क्रम जारी रहेको सुनाए । यसअघि सरकारले असार सम्ममा दैनिक ११ हजार कोरोना संक्रमित पुष्टि हुने कुराको प्रक्षेपण गरेको थियो ।

सरकारले असार मसान्तसम्म  संक्रमण उच्च गतिमा बढ्ने प्रक्षेपण गरेपनि त्योभन्दा तिव्र गतिमा संक्रमण बढिरहेको छ । अहिले अक्सिजनको माग अत्याधिक बढेकाले  मागअनुसार पुर्याउन नसकिएको मन्त्री त्रिपाठीको भनाई छ । मन्त्री त्रिपाठीले सरकारी अस्पतालमा १६ हजार बेड रहेपनि बिरामीलाई समस्या परिरहेकोले सरकार अधिकतम स्रोत साधनको प्रयोगमा लागिरहेको स्पष्ट पारे । बिरामीहरुलाई पर्न गएको समस्याबाट सरकार दुःखी भएको उनले बताए ।

स्वास्थ्य मन्त्रालयका सल्लाहकार तथा वरिष्ठ जनस्वास्थ्यविद् डा.रोशन पोखरेलले ४५ दिनपछि पुग्ने आंकलन गरिएको उच्च संक्रमण दर अहिले नै पुगेको बताए ।  तिव्र गतिमा संक्रमण बढेकोले मन्त्रालयले मात्रै धान्न नसक्ने बताउँदै उनले सरकार सम्वद्ध सबै निकायहरु महामारी नियन्त्रणमा लाग्नुपर्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप