शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उद्योग परिसंघद्वारा सरकारलाई २०० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग

मङ्गलबार, २८ वैशाख २०७८, २० : २७
मङ्गलबार, २८ वैशाख २०७८

काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) ले सरकारलाई २०० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । मंगलबार परिसंघका पदाधिकारीहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई भेट गरी ८ लिटर क्षमताका २०० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका हुन् ।

कन्सन्ट्रेटर हस्तान्तरण गर्दै परिसंघका अध्यक्ष सतिषकुमार मोरले राष्ट्रको संकटका बखत नेपालको निजी क्षेत्र सँधै सरकारकै साथमा रहने बताउँदै कोभिड–१९को तिव्र संक्रमणकाबीच अक्सिजन अभावमा छटपटाई रहेका बिरामीलाई केही राहत पुग्ने बताए । 

सो अवसरमा अध्यक्ष मोरले अहिलेको आपतकालिन परिस्थितिसँग जुध्न परिसंघले यसअघि नै उद्योगहरुमा रहेका अक्सिजन सिलिन्डरहरू आवश्यकताका आधारमा सरकारलाई उपलब्ध गराउन सबै उद्योगीहरुलाई आह्वान समेत गरिसकिएको बताए ।

हस्तान्तरण गरिएका कन्सन्ट्रेटर परिसंघका सदस्य संस्था होङ्शी–शिवम् सिमेन्टमार्फत सयोग प्रदान गरिएको हो । उक्त कम्पनीले झण्डै २ करोड रुपैयाँ बराबरको सहयोग गरेको परिसंघले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप