उपचार अभावमा संक्रमितको मृत्युपछि अस्पतालमा तोडफोड
मङ्गलबार, २८ वैशाख २०७८, २० : ५४
उपचार अभावमा एक कोरोना संक्रमितको मृत्यु भएपछि प्रादेशिक अस्पताल जनकपुरधामको कोभिड अस्पतालमा तोडफोड भएको छ । मंगलबार जनकपुरधाम स्थित कोभिड अस्पतालमा आक्रोशित एक समूहले तोडफोड गरेको हो । संक्रमितलाई भर्ना नगरेको भन्दै सो समूहले अस्पतालको उपचार कक्षमा जडान गरिएका उपकरणहरु समेत तोडफोड गरेको छ ।
उक्त समुहले भेन्टिलेटरसमेत तोडफोड गरेको अस्पतालले जनाएको छ । करिब आधा दर्जनको समुहमा रहेको सो समूहले अस्पतालका स्वास्थ्यकर्मीमाथि समेत हातपात गरेको प्रादेशिक अस्पताल जनकपुरधामका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद कुमार यादवले बताए ।
यता धनुषा प्रहरीले तोडफोड गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ