प्रहरीद्वारा थप ६ सय ७० वटा अक्सिजन सिलिन्डर संकलन
काठमाडौं । नेपाल प्रहरीले देशभरबाट पछिल्लो २४ घण्टामा ६ सय ७० जान अक्सिजन सिलिन्डर संकलन गरेको छ । संकलित सिलिन्डरमध्ये ३ सय ९१ वटा भरिएका सिलिन्डर संकलन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । खाली संकलन गरिएका २ सय ७९ सिलिन्डर भर्नका लागी अक्सिजन प्लान्टमा पठाइएको छ ।
कोभिड–१९ जिल्ला संकल व्यवस्थापन केन्द्रसँगको समन्वयमा प्रहरीले कोरोनाका विरामीको उपचार भइरहेको अस्पताललाई ति अक्सिजन सिलिन्डर उपलब्ध गराएको छ ।
काठमाडौं उपत्यकाबाट संकलित सिलिन्डर स्वास्थ्य मन्त्रालयमा केन्द्रित गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले रातोपाटीलाई बताए ।
मंगलबार संकलन गरिएका मध्ये १ सय ७३ थान सिलिन्डर बाँकी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । कोरोना भाइरस संक्रमितको उपचारका लागी प्रहरीले उद्योग, कलकारखाना, वर्कशप, वेल्डिङ पसल र व्यक्तिका घरमा रहेको सिलिन्डर संकलन गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन तस्कर र कर्मचारीबिच कनेक्सनको गहिराइबारे अध्ययन गर्दै सहसचिव नेतृत्वको समिति
-
प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन
-
विराट गोल्डकप : आर्मीलाई पराजित गर्दै एनआरटी क्वाटरफाइनलमा
-
नेपालमा धर्म परिवर्तन डरलाग्दो समस्या भयो : कमल थापा
-
खराब मौसमका कारण दुई सयभन्दा बढी विदेशी पर्यटक मन्थलीमा रोकिए
-
नाउपाका नेता घनश्याम चौधरी भन्छन्– सुदूरपश्चिम सरकारबाट हामी फिर्ता हुँदैनौँ