बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मृत्युपछि भाइरल भयो दिल्लीकी गर्भवतीको सन्देश –‘कोरोनालाई हल्का नलिनुस्...’

मङ्गलबार, २८ वैशाख २०७८, २३ : १७
मङ्गलबार, २८ वैशाख २०७८

एजेन्सी । ‘हेल्लो एभ्रिवान । मैले यो भिडियो निकै मुस्किलसँग बनाइरहेको छु । म तपाईहरु सबैलाई बताउन चाहन्छु कि कोरोनालाई हल्का नलिनुस् । निकै खराब लक्षण छ । म राम्रोसँग बोल्न पनि सकिरहेकी छैन । तर आफ्नो सन्देश सबै समक्ष पुर्याउन चाहन्छु । कृपया बाहिर निस्किएका बेला, मानिसहरुसँग कुराकानी गर्दा, जहिले पनि मास्क लगाउनुस् ।’

यी कुरा दिल्लीकी ती महिलाले आफ्नो अन्तिम भिडियोमा भनेकी हुन् । यी महिलाले कोरोनाको लडाइँ हारिसकेकी छिन् । तर, आफ्नो अन्तिम भिडियोमा उनले मानिसहरुलाई सम्हालिएर बस्न आग्रह गरेकी छिन् । उनका पति रविचावलाले आफ्नी श्रीमती र नजन्मिएको शिशुको मृत्यु भएको जानकारीसहित यो भिडियो सन्देश ट्वीटरमा पोस्ट गरेका छन् । 

यी महिलाको नाम दीपिका हो । ११ अप्रिलमा उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । १७ अप्रिलमा उनले यो भिडियो रेकर्ड गराएकी हुन् । त्यतिबेला उनको स्वास्थ्य बिग्रँदै थियो । अन्त्य, २६ अप्रिलमा कोरोनाबाट हार खाएर संसार छाडिन् । दीपिका आफ्ना साढे तीन वर्षका छोरा र पतिलाई छाडेर बिदा भएकी हुन् ।  दीपिकाका पति रविले ९ मेइमा यो भिडियो ट्वीटरमा शेयर गरेका हुन् । जहाँ उनले लेखेका छन्, ‘उनी पुरै तरिकाले मातृत्वका लागि समर्पित थिइन् र आफ्नो नजन्मिएको बच्चासँगै स्वर्ग गइन् । र, साढे तीन वर्षका बच्चालाई छाडेर गइन्, ह्याम्पि मदर्स डे दीपिका ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप