शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

साइकल र पैदलयात्री समाउन प्रहरीलाई भ्याई–नभ्याई

बुधबार, २९ वैशाख २०७८, ०९ : २८
बुधबार, २९ वैशाख २०७८

बर्दिया । महामारीका बेला अक्सिजनको हाहाकार र कालोबजारी भइरहेको छ । अन्य औषधीजन्य सामग्रीमा पनि कालोबजारी भइरहेको छ । आइसोलेसन सेन्टरहरु बन्न सकिरहेका छैनन् । तर, यस्तो बेलामा सरकारको ध्यानचाहिँ सर्वसाधारणको हिँडडुल नियन्त्रणमा मात्रै केन्द्रित भएको छ ।

दिनहुँजसो मानिस र सवारी साधनलाई नियन्त्रणमा लिएर होल्डिङ सेन्टरमा राखिएको विवरण तयार पारेर केन्द्रमा पठाउने कार्यमा मातहतका सुरक्षाकर्मीहरु खटिएका छन् । तर, उनीहरुले यति आइसोलेसन सेन्टर बनाएर उदाहरणीय काम गरे भन्ने सकारात्मक खबरहरु आउने गरेका छैनन् । यसको  एउटा उदाहरण बर्दिया जिल्लामा प्रहरी कार्यालयलाई लिन सकिन्छ ।

मंगलबार बर्दिया प्रहरीले १६२ वटा साइकल समातेको छ । त्यसैगरी ६७ वटा मोडरसाइकल, ९ वटा गाडी र २२ वटा अटो रिक्सालाई समातेर होल्डिङ सेन्टरमा राखिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी मंगलबार एकैदिन ४१६ जना मानिसलाई नियन्त्रणमा लिई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप