सामाजिक संजालमा ‘महाभारत’का ‘भीष्म पितामाह’को मुत्युको हल्ला फैलिएपछि....
मुम्बई । सोशल मिडिया एक यस्तो प्लेट फर्म हो । जहाँ जे पनि गलत हल्ला फैलिने गर्दछ । गलत हल्लाको बढी शिकार बी टाउनका स्टार बनिरहेका छन् ।
गत केही दिनदेखि कयौ स्टारको निधनको गलत हल्ला सोशल मिडियामा फैलिरहेको छ । यो लिष्टमा धारवाहिक ‘भहाभारत’मा भीष्म पितामहको भूमिका निर्वाह गर्ने अभिनेता मुकेश खन्ना पनि परेका छन् । अहिले सोशल मिडियामा उनको निधनको गलत हल्ला फैलिएको छ । सोशल मिडियामा कयौ युजर्सले उनको निधनको पोष्ट गरेका छन् । तर, मुकेशले आफु स्वस्थ रहेको बताएका छन् ।
‘म बताउन तपाईहरुका अगाडि आएको छु । म एकदमै ठीकठाक छु’ खन्नाले एक भिडियो शेयर गर्दै भनेका छन् ‘म मेरो बारेमा फैलिएको गलत हल्लको खन्डन गर्दछु र निन्दा पनि ।’
‘सोशल मिडियाको समस्या नै यहि हो कि, मानिस गलत समाचार फैल्याउने गर्दछन्’ उनले अगाडि भने ‘मेरो साथमा तपाईहरु सबैको आर्शिवाद रहेको छ । त्यसैले मलाई केही हुन सक्दैन ।’
उनले आफ्नो चिन्ता लिनेलाई धन्यवाद समेत दिएका छन् । मुकेशको दाई सतीश खन्नाको भने केही अगाडि निधन भएको थियो । उनले ८४ बर्षको उमेरमा मुम्बईको आफ्नो घरमा अन्तिम सास फेरेका थिए ।
गत ४ मेमा रामायणमा रावणको भूमिका निर्वाह गर्ने अभिनेता अरविन्द त्रिवेदीको पनि निधनको झुटो समाचार फैलिएको थियो । अभिनेत्री मीनाक्षी शेषद्रीस र गायक लकी अलीका बिषयमा पनि यस्तै झुट फैरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी
-
बाटो छेकेर महिलामाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ
-
विवाह गर्दै अभिनेत्री मञ्जिता
-
कोरला क्षेत्रमा नेपाल र चिनियाँ प्रहरीको संयुक्त गस्ती (तस्बिरहरु)
-
२०२४ अपाचेको आरटीआर १६० नेपालमा