बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

शिवम् सिमेन्टले कमायो १ अर्ब बढी नाफा, सेयर आम्दानी पनि बढ्यो

बुधबार, २९ वैशाख २०७८, १० : ४९
बुधबार, २९ वैशाख २०७८

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा शिवम् सिमेन्टले १ अर्ब ९ करोड ८० हजार रुपैयाँ नाफा गरेको छ । 
यो गतवर्षको यसै अवधिको तुलनामा खुद नाफा २६.५२ प्रतिशतले  बढेको हो । गत वर्षको यसै अवधिमा यसले ८६ करोड १५ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा सिमेन्ट बिक्री र अन्य स्रोतहरूबाट हुने आम्दानीसमेत वृद्धि भएपछि खुद नाफा बढेको हो । शिवमको वित्तीय अवस्थाले लगानीकर्तालाई पनि खुसी दिएको छ । 

यसले लगानीकर्ताको सेयर आम्दानी समेत बढेको देखिन्छ ।  सिमेन्टको प्रतिसेयर आम्दानी ९ रुपैयाँ २ पैसाले बढेर वार्षिक ३३ रुपैयाँ ३ पैसा पुगेको छ । अघिल्लो वर्ष यसको प्रतिसेयर आम्दानी २४ रुपैयाँ १ पैसा थियो ।
एक वर्षको अवधिमा सिमेन्ट बिक्रीबाट हुने आम्दानी ३.८२ प्रतिशतले बढेर ७ अर्ब ३५ करोड ५१ लाख २७ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष यसले सिमेन्ट बिक्रीबाट ७ अर्ब ८ करोड ४० लाख ८५ हजार रुपैयाँ आम्दानी गरेको थियो । यसको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप