शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गाजा क्षेत्रमा इजरायलको बमबारी, १० बालबालिकासहित ३६ जनाको मृत्यु

बुधबार, २९ वैशाख २०७८, १० : ५८
बुधबार, २९ वैशाख २०७८

इजरायलको सेनाले गाजा स्ट्रीपमा बुधबार बिहानदेखि बमबारी जारी राखेको छ । गाजा क्षेत्रबाट रकेट प्रहार भएपछि विभिन्न क्षेत्रहरुलाई निसाना बनाएर बमबारी गरिएको हो । यसलाई सन् २०१४ यता कै सबैभन्दा धेरै हवाई हमला भएको अलजजिरा उल्लेख गरेको छ ।

सोमबार हमासले इजरायलतर्फ रकेट प्रहार गरेपछि इजरायलले हवाई हमला शुरु गरेको थियो । गाजामा रहेका स्वास्थ्य अधिकारीहरुका अनुसार हालसम्म १० बालबालिकासहित ३६ जना प्यालेस्टाइनीको मृत्यु भइसकेको छ । त्यस्तै कम्तिमा २५० जना घाइते भएका छन् । इजरायलमा पनि पाँच जनाले ज्यान गुमाएको समाचारमा उल्लेख गरिएको छ ।

पूर्वी जेरुसेलममा रहेको अल–अक्सा मस्जिदबाट आफ्ना सुरक्षाकर्मी हटाउन हमासले इजरायललाई अल्टिमेटम दिएको थियो । त्यसपछि हमासले रकेट प्रहार गरेको थियो । रमादानको अन्यतिर इजरायली प्रहरी लगातार तेस्रो दिन सोमबार मस्जिदमा प्रवेश गरेर त्यहाँ प्रार्थना गरिरहेका प्यालेष्टाइनीमाथि गोली रबरको गोली, स्टन ग्रिनेड र अश्रुग्यास प्रहार गरेका थिए । इजरायली सुरक्षाकर्मीसँगको झडपमा पछिल्ला केही दिनमा ७ सयभन्दा बढी प्यालेस्टाइनी घाइते भएका छन् ।

बुधबार बिहान गाजा क्षेत्रबाट प्रहार भएको रकेट आस्केलननजिक रहेको इजरायली पाइपलाइनमा लागेको थियो । जसले गर्दा त्यहाँ ठूलो आगलागी पनि भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप