बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अक्सिजन अभावले बन्द भयो पल्मोनरी रिहाविलिटेशन सेवा

बुधबार, २९ वैशाख २०७८, ११ : २६
बुधबार, २९ वैशाख २०७८

अक्सिजन अभावका कारण काठमाडौंस्थित साहारा फिजियो थेरापी अस्पताल एण्ड ट्रेनिङ सेन्टरले पल्मोनरी रिहाविलिटेशन सेवा बन्द भएको जानकारी दिएको छ ।

उक्त अस्पतालले बुधबार विज्ञप्ति जारी गर्दै अक्सिजन अभावका कारण सो सेवा अनिश्चित कालका लागि बन्द गर्नुपरेको जनाएको हो ।

‘नेपाल सरकारले विभिन्न अस्पताललाई अक्सिजनको कोटा वितरण गरेको तर यस अस्पताललाई एउटा सिलिन्डर पनि उपलव्ध नगराएको हुँदा सेवा बन्द गर्न बाध्य भएका छौ’, अस्पतालका प्रवन्ध निर्देशक डा. हरि लम्सालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

अस्पतालले कोभिड -१९ संक्रमण भएका वा संक्रमणबाट मुक्त भएका व्यक्तिको फोक्सोको कार्यक्षमता अत्यन्त कमजोर हुने भन्दै फोक्सोको कार्यक्षमता बृद्धि गर्न औषधीमात्र पर्याप्त नभइ त्यसका लागि फिजियोथेरापी तथा पल्मोनरी रिहाविलिटेशनको महत्वपुर्ण भुमिका रहने पनि प्रस्ट पारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप