भोजपुरी फिल्म ‘प्रेम गीत’ मा पनि शिल्पा
काठमाडौंँ । अभिनेत्री शिल्पा पोखरेलको अभिनय भोजपुरी फिल्म ‘प्रेमगीत २’ मा पनि देख्न सकिने भएको छ । निर्माण युनिटले फिल्मको हालै ट्रेलर सार्वजनिक गरेको छ । जसमा शिल्पा पनि देखिएकी छन् । फिल्ममा शिल्पा भोजपुरी स्टार प्रदीप पाण्डेको जोडी बनेकी छन् । प्रदीप र शिल्पाको प्रेम र उतारचढावका केही झल्को ट्रेलमा देख्न सकिन्छ ।
पोखरा आसपास छायाँकन भएको फिल्म सोनु खत्रीले निर्देशन गरेका हुन् । फिल्ममा प्रदीप र शिल्पाका अलावा अमित शुक्ला, रम्भा सहानी, रोहित सिंह, सिपी भट्ट, रन्जितकुमार शर्मा, रोहित थापालगायतका कलाकारको पनि अभिनय देख्न सकिन्छ ।
सोनु खत्रीकै निर्माण रहेको फिल्ममा रत्नाकर कुमार प्रस्तुतकर्ता रहेका छन् । हरि घले लामाको छायाँकन, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको द्वन्द्व, ओम झाको संगीत, कविराज गहतराज, शिव विक, रिकी गुप्ता, विवेक थापाको कोरियोग्राफी रहेको फिल्ममा एवी मोहनको कथा रहेको छ । शिल्पाले यसअघि ‘जय शम्भु’ नामक भोजपुरी फिल्ममा पनि अभिनय गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान शुभारम्भ
-
सिटिजन्स बैंक १८औँ वर्षमा प्रवेश, स्मार्ट बचत खातामा आकर्षक सुविधा
-
ऐसले फर्निचर शोरुम अब नेपालमा
-
३३ जनाले लिए काठमाडौँ महानगरभित्रका अस्पतालबाट निःशुल्क उपचार सेवा
-
‘पुजार सार्की’को गीत ‘दर्शन गरेँ‘मा आर्यन, प्रदीप र पलको कौडा नृत्य
-
राजेन्द्र लिङ्देनलाई बालेनले तोके जरिवाना