शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

वरिष्ठ उपाध्यक्ष ढकालको समन्वयमा ‘एफएनसीसीआई कोभिड–१९ हेल्प डेस्क’ स्थापना

बुधबार, २९ वैशाख २०७८, १४ : २६
बुधबार, २९ वैशाख २०७८

काठमाडौं । बढ्दो कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रण गरी आम सर्वसाधारणको जीवन रक्षार्थ सहयोग पुर्याउने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघले कोभिड–१९ सहायता केन्द्र (एफएनसीसीआई कोभिड–१९ हल्प डेस्क) स्थापना गरिएकोे छ । 

महासंघका पदाधिकारी र सम्वद्ध अधिकारीहरूको हालै बसेको बैठकले उक्त सहायता केन्द्र स्थापना गर्ने निर्णय गरेको हो ।  उक्त सहायता केन्द्रको समन्वय महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले गर्ने भएका छन् । 

कोभिड १९ सहायता केन्द्रलाई प्रभावकारी रूपमा अगाडि बढाउन निम्नानुसार जिम्मेवारी बाँडफाँड समेत गरिएको छ । 

१.अक्सिजन सिलिन्डर व्यवस्थापनका लागि महासंघका उपाध्यक्ष रामचन्द्र संघई र सौरभ ज्योती, 

२. अस्पताल/आइशोलेशन केन्द्र सहजीकरणका लागि हेमराज ढकाल र रविन श्रेष्ठ

३.अस्पताल व्यवस्थापनका लागि ई.देशबन्धु बस्नेत (अजित), बाबुकाजी कार्की र डा. केयुर गौतम

४. एम्बुलेन्स/आइसोलेशन केन्द्रका लागि    रञ्जितराज आचार्य

५. औषधि/मेडिकल उपकरणका लागि प्रकाशजंग पाण्डे र     भक्त हमाल

६.होटल/हवाई यातायात व्यवस्थापनका लागि ज्योत्स्ना श्रेष्ठ, विनायक शाह र विनोद सापकोटा तोकिएका छन् । 

महासंघको सहायता केन्द्रबाट सेवा लिन महासंघ सचिवालयका सम्पर्क अधिकृतद्धय हरि पौड्याल (९८०१०९६८१२) र रिंकु घिमिरे (९८०११९२५९१) लाई टेलिफोन वा एसएमएसमार्पmत सम्पर्क गर्न सकिने महासंघले जनाएको छ । 

सहायता केन्द्रमा तोकिएको जिम्मेवारीअनुसार सदस्यहरूले महासंघका सदस्य, उद्यमी व्यवसायी एवम् सर्वसाधारणको मागअनुसार सेवा प्रवाह गर्न सहजीकरण र समन्वयका लागि सम्बन्धित निकायसँग पहल गर्ने जनाइएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप