शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भाग्राबाट तास खेल्ने ७ जना पक्राउ

बुधबार, २९ वैशाख २०७८, १५ : ३४
बुधबार, २९ वैशाख २०७८

काठमाडौं । नवलपरासी (पूर्व)को मध्यबिन्दु नगरपालिका–८ स्थित भाग्राबाट प्रहरीले तास खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी तम्सरियाबाट खटिएको टोलीले ४० वर्षीय पूर्णबहादुर तामाङ सहित सात जनालाई पक्राउ गरेको हो ।

जुवा खालबाट ४५ हजार ७ सय नगद र ४ बुक तास बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ । कोभिड–१९ संक्रमणको जोखिमलाई वेवास्था गरेर जुवा खेल्नेहरुमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप