शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दोब्बर बढी भाडा लिने २ जना कलंकी र बसपार्कबाट पक्राउ

बुधबार, २९ वैशाख २०७८, १५ : ४८
बुधबार, २९ वैशाख २०७८

यात्रुसँग तोकिएको भन्दा दोब्बर बढी भाडा लिने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । ट्राफिक महाशाखाको टोलीले उनीहरुलाई कलंकी र बसपार्कबाट पक्राउ गरको हो । 

पक्राउ पर्नेमा सप्तकोशी काउण्टर कलंकीमा काम गर्ने बाराका हृदय नारायण साह र बसपार्कबाट बर्दियाका कृष्ण चौधरी रहेका छन् । 

 साहले ना६ख ५०६७ नम्बरको बसमा कलैया जाने यात्रुसँग तिन गुणासम्म बढि भाडा लिएका थिए । यस्तै चौधरीले बर्दिया जाने यात्रुहरूसँग प्रति ब्यक्ति पच्चीस सयदेखि तिन हजारसम्म लिने गरेको पाइएको छ  । उनले ना७ख ४९२० नम्बरको बस मार्फत बर्दिया जाने यात्रुसँग बढि भाडा लिएको पाइए पछि पक्राउ गरेको महाशाखाले जनाएको छ । 

दैनिकजसो बढि भाडा लिई यात्रु ठगी गर्ने कार्यमा संलग्नहरूलाई निगरानी गरि हालसम्म महाशाखाले अठाइस जनालाई पक्राउ गरि कारबाहीको दायरामा ल्याएको महाशाखाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप