देशभर 'रेड अलर्ट' घाेषणा गर्न चिकित्सक संघको माग
नेपाल चिकित्सक संघले कोरोना महामारीलाई स्वास्थ्य प्रणालीले थेग्न नसक्ने अवस्था आएको भन्दै कोरोनासँगको लडाई जित्न राष्ट्रिय संकल्पसहित सवै एकै ठाउँ उभिन अपील गरेको छ ।
“जनताको जीवन रक्षा भन्दा ठुलो मुद्दा अरु हुनसक्दैन, कृपया ! सिंगो राष्ट्र एक ठाँउमा उभिएर जनताको जीवन रक्षाका लागि पहल गरौं” भन्दै संघले बुधबार जारी गरेको अपीलमा राष्ट्रपति, प्रधानमन्त्री, स्वास्थ्य मन्त्री, प्रमुख प्रतिपक्ष दल एवं सम्पूर्ण राजनीतिक दलहरु, नागरिक समाजलगायत सवै दाजुभाई तथा दिदी बहिनीहरूलाई अरु सवै छाडेर कोरोनाविरुद्धको लडाइमा लाग्न अपील गरेको हो ।
संघले राष्ट्पति विद्यादेवी भण्डारीलाई महामारीको क्षणमा सवै अपील समेत गरेको छ ।
‘यस क्षणमा सम्माननीय राष्ट्रपतिज्यूलाई सवै दलहरूलाई एक ठाउँमा ल्याउन र महामारी विरुद्ध जुट्न अभिभावकको भुमिका निर्वाह गर्न यस संघ हार्दिक अपिल गर्दछ’, अपीलमा भनिएको छ ।
संघले अस्पतालको प्राङ्गणमा भएका दृष्य कारुणिक दृश्य देख्न विवश भएको भन्दै जनताका यी पिडा र वेदना भन्दा अन्य विषयहरू प्राथमिकताका विषय नहुने भन्दै ‘मानौं अस्पतालमा ति हृदय विदारक दृष्य अर्कै लोकका हुन । अनि अस्पतालमा दिनरात खटेको हाम्रो मन खिन्न हुन्छ, उदेक लाग्छ र प्रश्न गर्न मन लाग्छ –के नेतृत्वदायी भूमिकामा रहेकाहरूका लागि जनताको जीवन भन्दा ठुलो कुरा अरु केही हुनसक्छ ?’भनेर प्रश्न गरेको छ ।
संघले कोरोनाको पहिलो लहरदेखि नै जुनसुकै वेला भयावह अवस्था आउनसक्छ, आवश्यक तयारी गरौं भनेर निरन्तर झक्झकाइरहेपनिसमयमा नसुन्दा, तयारी नगर्दा, प्राथमिकतामा नपर्दा आज नागरिकले अनाहकमा ज्यान गुमाउनुपरेको र सास्ती व्यहोर्नुपरेको पनि जनाएको छ ।
‘आज फेरी पनि केही आशा गरेर यो विन्ती गर्दैछौं । अव केही महिनाका लागि तपाईंका राजनीतिक जोडघटाउ र अन्य प्राथमिकतालाई स्थगित गरिदिनुहोस् । एउटै प्राथमिकता बनाउनुहोस्, जनताको जीवन जोगाउने, एकजुट भएर भाइरससँग लड्ने र महामारीलाई परास्त गर्ने’, संघले सरोकारवालाहरूलाई विन्ती गरेको छ ।
संघले सबैको सहयोगको अपेक्षा गर्दै चिकित्सक, नर्स, स्वास्थ्यकर्मी फिल्डमा अग्रभागमा रहेर काम गरिरहेने भन्दै हिम्मत नगुमाउने पनि जनाएको छ ।
‘राज्य संचालनको जिम्मा लिएकाहरुले पनि हामीले जस्तै आफ्नो जिम्मेवारीवोध गर्दै यो वेलामा त्यसरी नै काम गरिरहनु भएको छ त ? हाम्रो प्रयत्नलाई फलिभुत बनाउन सवैले हातेमालो गरिरहेका छन भन्ने अनुभूत गर्न पाए मात्र हाम्रो हिम्मत र प्रयासको अर्थ रहन्छ । तर, विडम्बना हामीले त्यो अनुभूत गर्न पाएनौं । यो लडाई स्वास्थ्यकर्मी वा स्वास्थ्य मन्त्रालयको मात्रै होइन । हामी सवै एकजुट भएर राष्ट्रिय संकल्प गर्न सकेमात्र लडाई जित्न सकिन्छ’, अपीलमा भनिएको छ ।
साथै संघले नेपालको स्वास्थ्य अवस्थालाई गम्भीर रुपमा मनन गर्दै देशभर “RED-ALERT” घोषणा गर्न समेत माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ : अर्थमन्त्री पुन
-
मन्त्रिपरिषद् बैठकमा सहकारीको समस्याबारे गम्भीर छलफल
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
बीआरआई परियोजनाबारे बृहत गृहकार्यको आवश्यकता
-
बलिउडमा डेब्यू गर्दैछिन् अक्षयकुमारकी भान्जी सिमर