बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बजार महँगी घट्यो

बुधबार, २९ वैशाख २०७८, १६ : २९
बुधबार, २९ वैशाख २०७८

नेपाल राष्ट्र बैंकका अनुसार गत वर्षको तुलनामा चालू आर्थिक वर्षको बजार महँगी आधा भन्दा बढि घटेको छ । बैंकका अनुसार चालू आर्थिक वर्षको ९ महिनामा उपभोक्ता मुद्रास्फीति (महँगी) ३.६४ प्रतिशतले घटेर ३.१० प्रतिशत कायम भएको छ । जबकी गत वर्ष यस्तो मुद्रास्फीति ६.७४ प्रतिशत रहेको बैंकले  जनाएको छ । 

चालू आर्थिक वर्षको ९ महिना (साउन देखि चैतसम्ममा) खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.४९ प्रतिशतले र गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.७९ प्रतिशत रहेको बैंकले जनाएको छ । 
गत वर्षको चैतको तुलनामा चालू आर्थिक वर्षको चैतमा घ्यू तथा तेल, मासु तथा माछा, सुर्तीजन्य पदार्थ र गैर मदिराजन्य पेय पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमश? २१.३८ प्रतिशत, १२.६१ प्रतिशत, १०.४१ प्रतिशत र १०.१८ प्रतिशत रहेको बैंकले जनाएको छ । 

बैंकका अनुसार समिक्षा अवधिमा काठमाडौं उपत्यकामा ३.२४ प्रतिशत, तराईमा २.९२ प्रतिशत, पहाडमा ३.३८ प्रतिशत र हिमालमा १.५४ प्रतिशत मुद्रास्फीति रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप