बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

निषेधाज्ञाले छेकेन नदीजन्य पदार्थ उत्खनन् र ओसारपसार

बुधबार, २९ वैशाख २०७८, १६ : ३५
बुधबार, २९ वैशाख २०७८

कोरोना संक्रमितको संख्यामा तीव्र वृद्धि भएसँगै वैशाख २२ गतेदेखि झापामा निषेधाज्ञा जारी गरिएको छ । तर निषेधाज्ञा अवधिमा पनि बिर्तामोडमा नदीजन्य पदार्थको उत्खनन् र ओसारपसार निर्वाध भइरहेको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र झापाको वैशाख २५ गते बसेको बैठकले निर्माण सामग्री ढुवानी गर्ने सवारीसाधनहरू बिहान ६ देखि १० बजेसम्म र बेलुका ६ देखि राति १० बजेसम्म मात्र सञ्चालन गर्न दिने निर्णय गरेको छ । तर सडकमा दिउँसोको समयमा पनि गिटी तथा बालुवा बोकेका ट्रयाक्टरहरू निर्वाध सञ्चालन भइरहेका छन् ।

बिर्तामोडको मुक्ति चोकमा प्रहरीले रोक्ने भएका कारण ती ट्रयाक्टरहरू प्रहरीको आँखा छलेर भित्री बाटो हुँदै गुडिरहेका छन् । अधिकांश ट्रयाक्टरले बिरिङ खोलाबाट बालुवा उत्खनन् गरेर ल्याउने गरेका छन् भने स्थानीय प्रशासनले यसबारे निगरानी गरेको पाइँदैन ।

निषेधाज्ञा अवधि सुरु भए यता ती ट्रयाक्टरहरू मध्यरातमा समेत सञ्चालन हुने गरेको बिर्तामोड निवासी अलीशेख मोहम्मद बताउँछन् । रातको समय चर्को आवाज निकालेर कुदाइने त्यस्ता ट्रयाक्टरका कारण आफुहरु सुत्न समेत नसकेको उनको भनाइ छ ।

मंगलबार राति ३ बजेको समयमा बिर्तामोडको मेघाबारी टोलमा सञ्चालन भइरहेको अवस्थामा दुईवटा ट्रयाक्टरलाई गाउँलेले रोकेर बिहान ६ बजेमात्र छोडेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप