बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सेयर बजारमा निषेधाज्ञाको छैन प्रभाव, बजारमा हेल्दी करेक्सन

बुधबार, २९ वैशाख २०७८, १६ : ५७
बुधबार, २९ वैशाख २०७८

काठमाडौं । निषेधाज्ञाले सम्पूर्ण क्षेत्र प्रभावित हुँदा सेयर बजारमा भने यसको प्रभाव देखिएको छैन । अहिले पनि दैनिक ५ अर्ब रुपैयाँभन्दा बढीको सेयर खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।  यस पटकको सेयर बजार सामन्य अवस्था जस्तै भएकाले बजार हेल्दी करेक्सनमा गएको सेयर विश्लेषक डा.केशव श्रेष्ठ बताउँछन् । उनी भन्छन, ‘बजार बढ्ने, घट्ने भइरहेको छ । धेरै–धेरै बढ्ने, थोरै थोरै घट्ने गरेर बजार हेल्दी करेक्सनतिर गएको छ ।’  यद्यपि यो समय ट्रेडिङ गर्ने बेला नभएको तर दीर्घकालीन लगानीकर्ताले सेयर लिएर राख्दा भने उत्तम हुने उनले बताए । 

वैशाखमा निषेधाज्ञा हुनुभन्दा अघि बजारमा एकै दिन साढे आठ अर्ब रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको थियो । तथापि, निषेधाज्ञा जारी भएपछि पनि बजारमा साढे सात अर्ब रुपैयाँ सम्मको सेयर कारोबार भयो ।  बुधबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ०.५६ प्रतिशतले बृद्धि हुँदा ५ अर्ब रुपैयाँभन्दा बढीको  सेयर किनबेच भएको छ । नेप्से २७.४७ अंकले बढेर २६७३.३१ अंकमा पुगेको थियो । यस दिन कारोबार भएका सात  समूहको परिसूचक उकालो लागेका छन् भने ६ वटा समूहको परिसूचक ओरालो लागेको छ ।

लगानीकर्ताहरूले अनलाइनमार्फत नै ब्रोकर कम्पनीलाई सेयर खरिद र बिक्रीको अर्डर दिन सकिने सुविधा नेपाल स्टक एक्सचेन्जले उपलब्ध गराएसँगै निषेधाज्ञाको प्रभाव सेयर बजारमा नदेखिएको हो । सेयर खरिद बिक्रीपछि भुक्तानीसमेत खातामार्फत नै गर्न सकिने व्यवस्था छ ।

यता सिडिएस एण्ड क्लियरिङ लिमिटेडले पनि निषेधाज्ञामा  सार्वजनिक निष्काशन भएका धितोपत्र खरिद आवेदन तथा धितोपत्र विक्रिकर्ताले कारोबारको राफसाफ तथा पछर्यौटको लागि जारी गर्ने पुँजी मेरो सेयर मार्फत नै गर्न सूचना नै जारी गरेको छ । 

कोरोना संक्रमण दैनिक रुपमा बृद्धि हुँदैछ । यसको रोकथाम तथा नियन्त्रणका लागि देशका विभिन्न स्थानमा लकडाउन तथा निषेधाज्ञा जारी गरिएको छ । सबै सेवा ठप्प छन् तर नेप्से भने खुला छ र कारोबार पनि समान्य अवस्थाको जस्तै भइरहेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप