शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

स्याम्पू र कण्डिशनर छनोट गर्दा यी कुरा याद गर्नुहोस्, अनिमात्रै हुन्छ फाइदा

बुधबार, २९ वैशाख २०७८, १७ : २२
बुधबार, २९ वैशाख २०७८

नेपालमा स्थानीय उत्पादन किन्ने परम्पराले बढावा पाउँदै गैरहेको हुँदा ग्राहकहरुको ब्राण्ड रोज्ने निर्णयमा समेत त्यसले धेरै भन्दा धेरै प्रभाव पार्दै गइरहेको छ । उपभोक्ताहरुका लागि अहिले स्वास्थ्य नै पहिलो प्राथमिकता हो । र त्यसैले ब्राण्डहरु आफ्नो सबैभन्दा ठूलो जित नै ग्राहकहरुको माग पूरा गर्नु भएको मान्दछन् । त्यसैगरी, विभिन्न उत्पादनहरुको उपलब्धता र ती उत्पादनहरुसम्मको सहज पहुँचले पनि ग्राहकहरुलाई उनीहरुको चाहना र रुची सुहाउँदो उत्पादनहरुको बारेमा जानकारी राख्न सजिलो बनाइदिएको छ । शिक्षित वर्गहरुको वृद्धि, आय स्तर र मानिसहरुको जीवन स्तरमा भएको परिणामी वृद्धिदरले उपभोक्ता ब्राण्डप्रति सजग भएका छन् भने इकमर्स साइटहरुले आफ्नो साइटहरुमा राख्ने धेरै ब्राण्डहरु सम्बन्धी सूचनाले पनि उपभोक्ताहरुलाई धेरै छनौटका अवसरहरु प्राप्त भएका छन् ।

स्याम्पूहरु र कण्डिशनरहरुको प्रयोगमा पनि ग्राहकहरुले सल्फेट र पाराबेन नभएको स्याम्पूहरु तथा कण्डिशनरहरु उपयोग गर्नेतर्फ सचेत भएका छन् । सल्फेट तथा पाराबेन तत्वहरुको प्रयोग स्याम्पूहरु र कण्डिशनरहरुबाट पर्याप्त फिँज आउनका लागि गर्ने गरिन्छ जसले दीर्घकालमा गएर केशको स्वास्थ्यलाई खराब गर्ने र ती शिरको संवेदनशील भागको लागि पनि अनुपयुक्त हुन्छन् ।

प्राकृतिक र प्रयोग गर्न सुरक्षित हुनुको अलावा सल्फेटमुक्त हेयर क्लिनरहरुले अन्य प्रचलित स्याम्पूको तुलनामा कपाललाई बढी मुलायम र चम्किलो बनाउँछ ।

सल्फेट र पाराबेन नभएका स्याम्पूहरु र कण्डिशनरहरु प्रयोग गर्नाले हुने केही फाइदाहरु यसप्रकार छन्ः

प्राकृतिक तेल कायम रहन्छः

सल्फेटरहित स्याम्पूहरुको एक मुख्य काम भनेको कपालको प्राकृतिक चमकतालाई जस्ताको तस्तै राखेर कपालको सफाई गर्नु हो । यो सबै सम्भव हुनुको एकमात्र कारण भनेकै प्राकृतिक तेललाई कुनै हानी नपु¥याई जोगाउनु हो । सल्फेटरहित हेयर क्लिनरहरुले कपालको रेसाहरुलाई त्यसमा भएका प्राकृतिक तेल नहटाई सफा गर्ने गर्छ ।

पर्याप्त आद्रता ग्रहण गर्छः  

केशलाई टुक्रिन र झर्न नदिनका लागि कपालमा आद्रता हुनु जरुरी हुन्छ । सल्फेट भएका स्याम्पूहरुले केशको रेसाहरुबाट आद्रता हटाइदिन्छन्, जसले गर्दा कपाललाई रुखो तथा फुस्रो बनाइदिन्छ । अर्कोतर्फ सल्फेटरहित हेयर क्लिनरहरुले कपालमा भएको प्राकृतिक आद्रतालाई बचाई राख्न सघाउँछ ।

जलन/सूजन कम गर्छः

सल्फेटहरु कडा रसायन भएकोले तिनीहरुले शिरलाई सुख्खा तथा सूजन बनाउन सक्छन् । यो यदि अनियन्त्रीत भएमा जलन पनि पैदा हुन सक्छ । यस विपरित, सल्फेटरहित केश उत्पादनहरु कोमल हुन्छन्, जसले गर्दा त्यसप्रकारका समस्याहरु बिना नै तपाईंको कपाललाई सौम्य सफा गर्छ ।

केशको रङ्ग कायम राख्छः

केश रंगाउनु अधिकांश मानिसहरु त्यसमा पनि खास गरेर महिलाहरुको नियमित कार्य नै हो । यद्यपि रङ्ग कतिसम्म टिकिरहन्छ भन्ने चाहिँ तपाईंले आफ्नो केशको स्याहार कसरी गर्नु हुन्छ भन्नेमा नै निर्भर रहन्छ । सल्फेट नभएको राम्रो स्याम्पूको प्रयोग गर्नाले तपाईंको केशमा लगाइएको रङ्गको आयु पनि लामो समयसम्म रहीरहन्छ । यसले तपाईंलाई बारम्बार आफ्नो कपाल रंगाउनु पर्नेबाट जोगाउनेछ ।

यसका अतिरिक्त सल्फेट र पाराबेनरहित स्याम्पूहरु र कण्डिशनरहरु वातावरणको लागि पनि सुरक्षित हुनाको साथै संवेदनशील शिरको लागि उपयुक्त छन् र यो नपोल्ने तथा जुनै किसिमको कपालको लागि सुहाउँदो छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप