बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेपालको वैदेशिक व्यापार घाटा १० खर्ब बढी

बुधबार, २९ वैशाख २०७८, १७ : ३६
बुधबार, २९ वैशाख २०७८

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७७/७८ को ९ महिनाको वित्तिय विवरण अनुसार नेपालको वैदेशिक व्यापार घाटा १० खर्ब १७ अर्ब माथि रहेको देखाएको छ । 
राष्ट्र बैंकको ९ महिना (साउनदेखि चैतसम्म) को तथ्याङ्क हेर्दा समिक्षा अवधिमा कुल ११११ अर्ब ४० करोड रुपैयाँको वैदेशिक मालसामानको आयात भइरहँदा यता नेपालबाट जम्मा ९४ अर्ब ७७ करोडको मात्र निर्यात भएको छ । 
यद्यपी गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा अधिकतम अधिकतम २०.२ प्रतिशतले निर्यात वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । जबकी गत वर्षको सोही अवधिमा यस्तो निर्यात १२.९ प्रतिशतले मात्र वृद्धि भएको बैंकले जनाएको छ । 

यस अवधिमा नेपालबाट निर्यात हुने सोयाविन तेल, अलैंची, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), परिश्मना लगायतका वस्तुहरुको निर्यातदर बढ्दा प्रतिशत समेत बढ्न गएको बैंकले जनाएको छ । यद्यपी सो अवधिमा निर्यात वस्तुहरुमै अग्रणी मानिदै आएको पाम तेल, दाल, जस्तापाता, तार, चोकर लगायतको वस्तुमा भने समिक्षा अवधिमा अनपेक्षित गिरावट आएको राष्ट्र बैंकले बताएको छ । 

यता, आयाततर्फ भने, गत वर्षको तुलनामा चालू आर्थिक वर्षको ९ महिनामा १३.१ प्रतिशतले वृद्धि भएको  छ । जबकी गत वर्षको सोही अवधिमा यस्तो वृद्धि ७.५ प्रतिशत मात्र रहेको थियो ।

राष्ट्र बैंकका अनुसार यस वर्ष आयातका हिसाबले भारत र चीनबाट क्रमशः २०.३ प्रतिशत र  ७.७ प्रतिशतले वृद्धि भएको छ भने, अन्य मुलुकहरूबाट २.३ प्रतिशतले वृद्धि भएको छ । 
उता निर्यात तर्फ सबैभन्दा बढि चीन तर्फ २७.३ प्रतिशतले र भारत तर्फ २३.५ प्रतिशतले र अन्य मुलुकहरु तर्फ १४.५ प्रतिशतले वृद्धि भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप