शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फिलिपिन्समा ५.८ म्याग्‍निच्यूडको भूकम्प

बुधबार, २९ वैशाख २०७८, १७ : ४१
बुधबार, २९ वैशाख २०७८

मनिला । भूकम्पीय जोखिममा रहेको देश फिलिपिन्सको अक्सिडेन्टल मिन्डोरो प्रान्तमा बुधबार ५.८ म्याग्‍निच्यूडको भूकम्प गएको छ ।  फिलिपिन्सको भूकम्प मापन केन्द्रका अनुसार स्थानीय समय अनुसार बुधबार बिहान ९.०९ बजे गएको भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ११० किलोमिटर गहिराइमा रहेको थियो । 

केन्द्रले यस भूकम्पबाट थप परकम्पहरु उत्पन्न हुन सक्ने भए पनि त्यति क्षति नगर्ने जनाएको छ । यस भूकम्पको धक्का मेट्रो मनिलामा पनि अनुभव गरिएको थियो । –सिन्ह्वा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप