बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

सांसद पदबाट राजीनामा दिएर ओलीलाई पदमुक्त गर्न आवश्यक : भीम रावल

बुधबार, २९ वैशाख २०७८, १७ : ५७
बुधबार, २९ वैशाख २०७८

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले  सांसद पदबाट राजीनामा दिनु राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित हुने बताएका छन् । बुधबार अपरान्ह ट्वीट गर्दै उनले राष्ट्रिय हित, पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रधानमन्त्री  केपी ओलीलाई रोक्न पदमुक्त गर्नु आवश्यक भएको बताए ।

एमालेको झलनाथ खनाल र माधव नेपाल समूहका २० सांसदले राजीनामा गर्न अन्तिम तयारीमा रहेका बेला सोही समूहका प्रभावशाली नेता रावलले यस्तो बताएका हुन् ।  उनले लेखेका छन्, 'असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ। थप राष्ट्रिय हित,पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रम केपीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ। त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ। यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित छ।'


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप