अक्सिजन अभावमा बुटवलमा ५ संक्रमितको मृत्यु
बुटवल । अक्सिजन अभावमा बुटवलमा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अक्सिजनको अभावमा बुटवल धागो कारखानाको कोरोना विशेष अस्थाई अस्पतालमा बुधबार ५ जना संक्रमितको ज्यान गएको हो । लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा.राजेन्द्र खनालले अक्सिजनको अभावमा ५ जनाको ज्यान गएको बताए । उनले अब आवश्यक अक्सिजनको सुनिश्चितता नभएसम्म नयाँ बिरामी भर्ना गर्न सकिने अवस्था नरहेको बताए ।
मृत्यु हुनेमा ४ पुरुष र १ महिला छन् । अस्पतालका अनुसार मृत्यु हुनेमा बर्दघाटकी ४४ वर्षीय महिला, बुटवल ८ का २९ वर्षीय पुरुष , बुटवल ११ का ५२ वर्षीय पुरुष, बुटवल १२ का ५९ वर्षीय पुरुष र १३ का ५२ वर्षीय पुरुष रहेको बताइएको छ ।
प्रतिघण्टा १५ वटा सिलिन्डर र थप ५० वटा स्टक सिलिन्डरको सुनिश्चितता नभए अस्पतालमा नयाँ बिरामी भर्ना गर्ने अवस्था नरहेको डा.खनालले बताए । उनले अस्पताल भित्रको प्लान्टबाट दैनिक २० सिलिन्डर अक्सिजन उत्पादन गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा