शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेट टीभी सेटअप बक्स र एपमा ‘राधे’ को फस्ट डे फस्ट शो

बुधबार, २९ वैशाख २०७८, १९ : १०
बुधबार, २९ वैशाख २०७८

काठमाडौं । नेट टीभीले पहिलोपल्ट बलिउडका सुपर स्टार सलमान खानको पछिल्लो फिल्म ‘राधे’ को फस्ट डे फस्ट शो गर्ने भएको छ । 

ए–एट डिस्ट्रिब्युसनको सहकार्यमा नेट टीभीले यो फिल्म मे १३ (वैशाख ३०) मा नेट टीभी सेटअप बक्स र नेट टीभी एप दुवैमा देखाउने छ । यो वर्षको बहुप्रतीक्षित फिल्ममा पर्ने ‘राधे’ मे १३ मै विश्वभरका सिनेमा हल र डिजिटल प्लेटफर्महरूमा रिलिज हुन लागेको हो ।

नेट टीभी सब्सक्रिप्सन भएका वर्ल्डलिंकका ग्राहकहरूले उक्त फिल्म रिलिजको दिन सेटअप बक्समार्फत टीभीमा हेर्न सक्नेछन् । वर्ल्डलिंकका ग्राहक नभएकाहरुले चाहिँ नेट टीभी एप डाउनलोड गरेर ‘राधे’ को आनन्द उठाउन सक्नेछन् ।

नेट टीभीका सीईओ निरन राजभण्डारीले भने, “सम्पूर्ण सिनेमा हल र मल्टिप्लेक्सहरू बन्द रहेको अहिलेको विषम परिस्थितिमा मनोरञ्जनका विकल्पहरू सीमित हुँदै गइरहेका छन् । सबैतिर अनिश्चय र बेचैनीको माहौल छ ।” 

नेट टीभीले सेटअप बक्समार्फत आईपीटीभी र मोबाइलमा नेट टीभी एपबाट लाइभ टीभी, मुभी, भिडियोका माध्यमले मनोरञ्जन प्रदान गर्दै आइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप