बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सुनसरीमा जेठ १५ गतेसम्म निषेधाज्ञा

बुधबार, २९ वैशाख २०७८, १९ : २३
बुधबार, २९ वैशाख २०७८

विराटनगर । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा निषेधाज्ञाको समयावधि थप गरेको छ।  जिल्ला प्रशासन कार्यालयले वैशाख ३१ गते मध्यराति १२ः०० बजेदेखि जेठ १५ गते मध्यराति १२ः०० बजेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो । सो समयमा औषधि पसल तथा अस्पतालबाहेक अन्य कुनै पनि व्यवसाय सञ्चालन गर्न नपाइने आदेश जारी गरिएको छ ।

कोरोना भाइरसको नयाँ भेरियन्ट सहितको संक्रमण तिव्र रुपमा विस्तार हुँदै गएपछि  नियन्त्रण रोकथामका लागि जारी  निषेधाज्ञालाई कडाई गर्न लागिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । प्रजिअ  ढकालले जिल्ला सदरमुकाम इनरुवा, इटहरी र र धरानमा संक्रमणको दर उच्च रही मानवीय क्षतिसमेत भइरहेको अवस्थालाई मध्यनजर गर्दै जेठ १५ गतेसम्मका लागि अस्पताल बाहेकका अन्य व्यवसाय सञ्चालनमा रोक लगाइएको बताए ।
सो  अवधिमा अत्यावश्यक बाहेकका अन्य सबै सवारी साधनको सञ्चालनमा पूर्ण रुपमा बन्देज लगाइएको  छ । मोटरसाइकल र सिटी सफारीसमेत सञ्चालन गर्न नपाइने गरी आदेश जारी गरिएको हो । अत्यावश्यक सवारी साधनहरु जस्तैः एम्बुलेन्स, दमकल, शव वाहन, खानेपानी, इन्धन, खाद्यान्न, तरकारी, फलफूल, दुध आदि बोक्ने सवारी विषय उल्लेख गरेर सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप