बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

टेकु अस्पताललाई बिध ल्याबले गर्यो एक्सट्रयाक्सन किट सहयोग, भोलिदेखि परीक्षण सुरु हुने

बुधबार, २९ वैशाख २०७८, २० : ११
बुधबार, २९ वैशाख २०७८

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई सरकारबाट ‘ए’ ग्रेडको मान्यता प्राप्त बिध ल्याबले दुई हजार थान एक्सट्रयाक्सन किट सहयोग गरेको छ ।

कोभिड–१९ (कोरोना भाइरस) को महामारीमा किटको अभाव देखिएको थियो । किट अभावमा हिजोदेखि पीसीआर परीक्षण स्थगित भएपछि ल्याबले सहयोग उपलब्ध गराएको जनाएको छ।

ल्याबकी इन्चार्ज डा. विनिता थापाका अनुसार महामारीको बेलामा सरकारसँग मिलेर अघि बढ्न किट सहयोग गरिएको हो । टेकु अस्पतालका निर्देशक डा। सागरराज भण्डारीका अनुसार भोलिदेखि नियमित पीसीआर परीक्षण हुनेछ ।

कोभिडको दोस्रो लहर सुरु भएपछि बढ्दै गएको संक्रमण नियन्त्रणका लागि परीक्षण आवश्यक भएको भन्दै ल्याबकी इन्चार्ज थापाले आफूहरु सरकारसँग हातेमालो गरेर अघि बढ्ने बताइन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप