वैशाख २२ पछि ९ सय ७५ संक्रमितको शव सेनाद्वारा व्यवस्थापन
काठमाडौं । कोभिड–१९ संक्रमणको दोस्रो चरण शुरु भएपछि मृतकको संख्या ह्वात्तै बढेको छ । नेपाली सेनाको शव व्यवस्थापन टिमले वैशाख २२ यता ९ सय ७५ संक्रमितको शव व्यवस्थापन गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कोभिड–१९ संक्रमणबाट काठमाडौं उपत्यकामा सबैभन्दा धेरैले ज्यान गुमाएका छन् । वैशाख २२ भन्दा पछि काठमाडौं उपत्यकामा ५ सय ३ जनाको शव व्यवस्थापन गरिएको नेपाली सेनाका प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौडेलले रातोपाटीलाई बताए ।
गतवर्ष चैतबाट कोभिड संक्रमण शुरु भएसँगै नेपाली सेनाले शव व्यवस्थापन गर्दै आएको छ । सेनाले हालसम्म ४ हजार ६ सय ८२ शव व्यवस्थापन गरेको छ । गत साता दैनिक १ सयजना भन्दा बढीले ज्यान गुमाएका थिए । दैनिक १ सयभन्दा धेरैको शव व्यवस्थापन चुनौतिपूर्ण रहेको सैनिक प्रवक्ता पौडेलले बताए । उनले भने–‘चुनौती छ तर, सबै क्षेत्रबाट सहयोग पाएका छौं ।’
वैशाख २२ यता हिजोसम्म पूर्वी पृतनाले ५२ जना संक्रमितको शव व्यवस्थापन गरेको छ । मध्यपूर्वी पृतनाको टिमले २८, मध्य पृतनाले ४३ र पश्चिम पृतनाले ५० संक्रमितको शव व्यवस्थापन गरेको छ । मध्य पश्चिम पृतनाको शव व्यवस्थापन टिमले १ सय ३९, उत्तर पश्चिम पृतनाको टिमले ७२ र सुदूर पश्चिम पृतनाले ८८ जना संक्रमितको शव व्यवस्थापन गरेको छ । काठमाडौंमा रहेको उपत्यका पृतनाले वैशाख २२ यता हिजोसम्म ५ सय ३ शव व्यवस्थापन गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा