बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा कोरोनाबाट थप ११ को मृत्यु, दुई हजार बढी संक्रमित

बुधबार, २९ वैशाख २०७८, २३ : ०३
बुधबार, २९ वैशाख २०७८

लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । यससँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख २७ हजार ६४० पुगेको छ।

यसैगरी पछिल्लो २४ घन्टामा दुई हजार २८४ जनामा संक्रमण पुष्टि भएको छ । नयाँ सँगै बेलायतमा कोरोना संक्रमितको संख्या ४४ लाख ४१ हजार ९७५ पुगेको छ । बेलायतमा हाल सक्रिय संक्रमितको संख्या ५८ हजार २३२ छ भने ४२ लाख ५६ हजार १०३ संक्रमित निको भइसकेको वर्ल्डओमिटरको तथ्याँकमा उल्लेख छ । सक्रिय संक्रमितको संख्या निरन्तर ओरालो लाग्दै गएको छ भने निको हुनेको संख्या पनि थपिँदै गएको छ ।

५ करोड ४१ लाख बढी डोज खोप वितरण

बेलायतमा हालसम्म खोपको पहिलो र दोस्रो गरि कुल ५ करोड ४१ लाख ६० हजार ९९३ डोज खोप वितरण भएको छ । जसमध्ये ३ करोड ५७ लाख २२ हजार ४६१ जनाले पहिलो र एक करोड ८४ लाख ३८  हजार ५३२ जनाले दोस्रो डोज लगाएका छन् । सरकारले भोलिबाट इङ्ग्ल्याण्ड ३८ र ३९ वर्ष उमेर पुगेकालाई  खोप बुकिङ्गको लागि खुला गर्ने भएको छ । सो उमेर समूहका मानिसलाई नेशनल हेल्थ सर्भिस (एनएचएस) ले खोपको लागि दर्ता गर्न म्यासेज मार्फत पनि जानकारी गराउनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप