बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानमा कोरोना सङ्क्रमणबाट २ सय बढी चिकित्सकको मृत्यु

बुधबार, २९ वैशाख २०७८, २३ : ३३
बुधबार, २९ वैशाख २०७८

एजेन्सी । पाकिस्तानमा महामारी शुरू भएदेखि मङ्गलबारसम्म २०२ चिकित्सकको कोभिड–१९ सङ्क्रमणका कारण मृत्यु भएको छ ।  पाकिस्तान मेडिकल एसोसिएसन (पीएमए)ल बुधबार एक विज्ञप्ति जारी गरी सो कुराको जानकारी दिएको हो ।

पीएमएले कोरोनाभाइरसबाट निधन भएका २०० भन्दा बढी डाक्टरहरूको परिवारलाई क्षतिपूर्ति ‘शुहुदा प्याकेज’ दिन पाकिस्तानी सरकारसँग आग्रह गरेको पाकिस्तानबाट प्रकाशन हुने अङ्ग्रेजी पत्रिका ‘द न्युज इन्टरनेसनल’ले जनाएको छ । यसमध्ये ७४ चिकित्सकहरू पञ्जाब राज्यका रहेका थिए भने ६४ सिन्धका थिए ।

कोरोनाभाइरसका कारण निधन भएका चिकित्सकमध्ये ५३ जना खैबर पख्तूङ्ख्वाका रहेका छन् भने पाँच बालोचिस्तान र तीन चिकित्सक पाकिस्तान प्रशासित कश्मीर (पीओके) का एक गिलगित–बाल्टिस्तानका रहेका ‘द न्युज इन्टरनेसनल’को रिपोर्टमा उल्लेख छ । 

मृतकमध्ये २४ मेडिकल अधिकृत, १९ चिकित्सक र १३ बालरोग विशेषज्ञ तथा केही नाक, कान, घाँटी विशेषज्ञलगायतका चिकित्सकको अग्रमोर्चामा रहेर काम गर्ने शिलशिलामा मृत्यु भएको पीएमएले जानकारी गराएको छ । 

पीएमएले मृतक स्वास्थ्यकर्मीले अग्रमोर्चामा रहेर काम गर्ने शिलशिलामा सङ्क्रमित भई ज्यान गुमाएका भन्दै उनीहरूका परिवारजनलाई ‘सुहुदा प्याकेज’ उपलब्ध गराउन आग्रह गरेको छ । 

पाकिस्तानी तथ्याङ्क अनुसार बुधबार पाकिस्तानमा दुई हजार ८६९ व्यक्ति सङ्क्रमित भएका र सङ्क्रमण दर ७.४२ प्रतिशत रहेको बताइएको छ । पाकिस्तानमा सक्रिय सङ्क्रमितको सङ्ख्या ७६ हजार ५३६ रहेको र अहिलेसम्म सात लाख ७१ हजार ६९२ व्यक्ति कोभिड–१९ बाट सङ्क्रमणमुक्त भएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप