बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य

बिहीबार, ३० वैशाख २०७८, ०९ : २२
बिहीबार, ३० वैशाख २०७८

कर्णाली प्रदेशसभाको सातौँ (हिउँदे) अधिवेशन अन्त्य  गरिएको छ । मन्त्रिपरिषदको बुधबार बसेको बैठकले अधिवेशन अन्त्य का लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेको थियो ।

प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले बुधबार रातको १२ बजेदेखि लागू हुनेगरी हिउँदे अधिवेशन अन्त्य गरेका हुन् । 

कर्णालीको सातौँ अधिवेशन वैशाख तीन गतेबाट सुरु भएको थियो । कोरोना भाइरस र राजनीतिक हलचलका कारण छोटो समयमा नै अधिवेशन अन्त्य गरिएको हो । हिउँदे अधिवेशन सकिएसँगै जेठ पहिलो सातादेखि बजेट अधिवेशन सुरु हुने प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप