शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाको कारण अभिनेता मारनको निधन

बिहीबार, ३० वैशाख २०७८, ११ : ०१
बिहीबार, ३० वैशाख २०७८

दक्षिण भारतीय (साउथ) फिल्म अभिनेता मारनको निधन भएको छ । ४८ वर्षका मारनको कोरोनाको कारण निधन भएको हो ।

मारनलाई दुई दिन पहिले चेन्गलपट्टुको एक सरकारी अस्पतालमा भर्ना गरिको थियो । उनको बिहीवार बिहान निधन भएको हो । अव निगम अधिकारीले उनको शवको अन्तिम संस्कार गर्नेछन् ।

मारनको निधले साउथ इन्डस्ट्री शोकमा डुबेको छ ।

मारनले गिल्ली, कुरुवी, डिशुम, थल्यानगरम र बोस अन्गिर भास्करन जस्ता फिल्ममा काम गरेका छन् । उनी सुपरस्टार रन्जीतका साथ एक फिल्ममा देखिँदै थिए । जसको सुटिङ पूरा  भैसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप