बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कोरोना जित्दै गरेका मदनकृष्णले भने ‘आत्मबल ठूलो कुरा रहेछ’

बिहीबार, ३० वैशाख २०७८, ११ : १२
बिहीबार, ३० वैशाख २०७८

लोकप्रिय हास्य कलाकार मदनकृष्ण श्रेष्ठ अहिले अस्पतालमा कोरोनासँग लडिरहेका छन् । 

उनको स्वास्थ्यमा उल्लेख्य सुधार भएको र उनले कोरोनालाई छिट्टै परास्त गर्ने परिवारलगायत आफन्तले बताएका छन् ।

कलाकार दीपकराज गिरीले पनि सामाजिक संजाल मार्फत श्रेष्ठको स्वास्थ्यमा सुधार भएको जनाएका छन् । 

उनले बुधबार साँझ कलाकार श्रेष्ठसँग भिडियो कल गर्दै स्वास्थ्यको जानकारी  लिएको बताएका छन् ।

फेसबुकमा कलाकार श्रेष्ठसँग कुराकानीको तस्बिर शेयर गर्दै गिरीले लेखेका छन् ‘आज मदन दाइसँग फोनमा कुरा भयो । मदन दाइ यो उमेरमा पनि उच्च मनोबलसहित कोरोनालाई परास्त गर्ने क्रममा हुनुहुन्छ ।’

‘आत्मबल ठूलो कुरा रहेछ दीपक’ श्रेष्ठको भनाई उल्लेख गर्दै दीपक अगाडि थप्छन् ‘उहाँसँग थुप्रै उपयोगी कुराहरु भयो । म मन्त्रमुग्ध हुँदै उहाँका कुराहरु सुनि रहेँ ।’

छुट्टिने बेलामा अनुमतिबाट एउटा फोटो समेत खिचेको बताएका दीपकले श्रेष्ठ मुस्कुराइरहेको तस्बिर समेत खिचेका छन् । जुन तस्बिर कोरोनासँग जुधिरहेका सयौं बिरामीको आत्मबल बढोस् भनेर उनले सामाजिक संजालमा पोष्ट समेत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप