शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाबाट युवा पत्रकार पौडेलको मृत्यु

बिहीबार, ३० वैशाख २०७८, १२ : ०८
बिहीबार, ३० वैशाख २०७८

कोभिड–१९ (कोरोनाभाइरस) संक्रमणबाट पोखरामा क्रियाशील युवा पत्रकार गणेश पौडेलको मृत्यु भएको छ ।  गण्डकी मेडिकल कलेजमा उपचाररत पौडेलको आज विहान उपचरका क्रममा मृत्यु भएको छ ।
पोखरा महानगरपालिका –३३, बागमारा निवासी ४० वर्षीय पौडेल यही बैशाख २० गते कोभिड–१९ बाट संक्रमित भएपछि गण्डकी मेडिकल कलेजमा उपचाररत थिए । उनी पोखरास्थित गण्डकी टेलिभिजनमा प्रबन्धकको रुपमा कार्यरत थिए । नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्यसमेत रहेका पौडेलका दुई छोरा र श्रीमती रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप