नेपाल टेलिकमको नाफामा बृद्धि, व्याज आम्दानीमा भने कमी
काठमाडौं । नेपाल टेलिकमको नाफामा बृद्धि भएको छ । तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै टेलिकमले कम्पनीको नाफामा बृद्धि हुनुका साथै आयमा ७ प्रतिशतको बृद्धि भएको जनाएको छ ।
कम्पनीले चालु आ.व.को पहिलो र दोस्रो त्रैमासिकमा खुद मुनाफा १ अर्ब ५१ करोड ७७ लाख ६९ हजार ३ सय ८१ र १ अर्ब ७७ करोड १६ लाख २५ हजार ७९ रुपैयाँ पुर्याएको थियो । टेलिकमले चालु आ.व.को तेस्रो त्रैमासिक अवधिमा खुद मुनाफा दोस्रो त्रैमासिकको भन्दा ८२ करोड ३४ लाख ५२ हजार ३ सय ७० ले वृद्धि गरी २ अर्ब ५९ करोड ५० लाख ७७ हजार ४ सय ४९ पुगेको जनाएको छ ।
यसैगरी, टेलिकमले चालु आ.व. को पहिलो र दोस्रो त्रैमासिकमा कुल सेवा वापतको आय क्रमशः ८ अर्ब ६३ करोड ५३ लाख ४० हजार ४१ र ९ अर्ब ८ करोड ९५ लाख ७३ हजार ४ सय ६२ रहेकोमा चालु आ.व. को तेस्रो त्रैमासिक अवधिमा कुल सेवा वापतको आय दोस्रो त्रैमासिकको भन्दा ६३ करोड ६८ लाख ६५ हजार ९ सय ९७ रुपैयाँले अर्थात ७ प्रतिशतले वृद्धि भई ९ अर्ब ७२ करोड ६४ लाख ३९ हजार ४ सय ५९ पुगेको जनाएको छ ।
कोरोना भाइरसको महामारीका कारण बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेप तथा कल निक्षेपमा प्राप्त हुने व्याजदर अघिल्लो बर्षको तुलनामा चालु आ.व. मा घट्न गएको हुँदा व्याज आम्दानीमा कमी आएको । महामारीलाई लक्षित गरी कम्पनीबाट ग्राहकको सुविधाका लागि निकै कम मूल्यमा डाटा प्याकेज उपलव्ध गरिएको हुँदा अघिल्लो वर्षको तुलनामा डाटाको खपत बढे तापनि राजश्व आशातीत रुपमा वृद्धि हुने अवस्था नरहेको टेलिकमले जनाएको छ ।
त्यसैगरी, महामारी र अन्तर्राष्ट्रिय यात्रामा लागु भएको प्रतिबन्धका कारणले अन्तर्राष्ट्रिय रोमिङ सेवामा गिरावट आएको तथा ओटीटीको बढ्दो प्रयोगले अन्तर्राष्ट्रिय अन्तर आवद्ध सेवामा भारी गिरावट आएको कम्पनीले जनाएको छ ।
समीक्षा अवधिमा वाह्य स्रोतबाट प्राप्त जनशक्तिको न्यूनतम ज्यालादरमा भएको वृद्धि, मर्मत सम्भार खर्चमा भएको वृद्धि, विदेशी मुद्रा सटही दरमा आएको परिवर्तन तथा फोर जी, एफटीटीएच जस्ता नवीन प्रविधि जडान गरिएकोले ह्रास कट्टीमा भएको वृद्धि आदिका कारणले व्ययभार बढ्न गई मुनाफामा असर परेको पनि कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ