कार किन्नका लागि आमा–बाबुले बच्चा बेचे
संसारमा आमाले जति माया कसले गर्ला ? तर, भारतको कन्नौजस्थित तिर्वा कोतवाली क्षेत्रको सतौरा गाउँमा एकजोडीले आमा–बाबुकै परिभाषामा कलंक पोतेका छन् । कार किन्नका लागि यी आमा–बाबुले आफ्ना तीन महिनाको नवजातु शिशुलाई बेचे । प्रहरीले गाउँमा पुगेर आमा र बाबुसँग सोधपुछ गरेपछि उनीहरुले अपराध स्विकारे । अहिले सतौरा गाउँमा यो घटना चर्चाको विषय बनेको छ ।
यसरी बाहिर आयो घटना
गुरसहायगन्ज निवासी हजुरआमाले फोन गरेर सोध्दा उनकी छोरीले नातिका विषयमा कुनै जवाफ दिइनन् । जबकी, तीन महिना पहिले उनले शिशुलाई जन्म दिएकी थिइन् ।
त्यसपछि शंका लागेर हजुरआमाले गाउँमा गएर नातिबारे सोधपुछ गरिन् । त्यसपछि उनलाई थाहा भयो कि आफ्ना ज्वाइँ र छोरीले डेढ लाख रुपैयाँमा एक व्यापारीलाई शिशु बेचेका छन् । उनीहरुले शिशुलाई बेचेपछि कार किनेको पनि हजुरआमाले पत्ता पाइन् । उनीहरुले गुरसहायगन्जकै एक व्यापारीलाई बच्चा बेचेका थिए । यो घटनाबारे जानकारी पाएपछि हजुरआमाले पुलिसमा रिपोर्ट गर्ने भन्दै बच्चा फिर्ता ल्याउन दबाब दिइन् ।
त्यसपछि आक्रोशित भएका ज्वाइँले उल्टै ज्यान मार्ने धम्की दिए । यस घटनापछि कोतवाली पुगेर हजुरआमाले आफ्नी छोरी र ज्वाँइविरुद्ध बच्चा बेचेको आरोपमा उजूरी गरिन् । यस घटनामा अनुसन्धान चलिरहेको र दोषी पक्षलाई कारबाही गरिने कोतवाली प्रभारीका प्रहरी निरीक्षक शैलेन्द्र कुमार मिश्रले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा भागबण्डा टुङ्गियाे, सामाजिक विकास मन्त्रालय माओवादीलाई
-
‘कर्णालीबारे ५ प्रतिशत पनि लेखिएको छैन’
-
लम्जुङबाट ‘भाइरल गोर्खे’को छायांकन सुरु
-
केटाको परिवारले होटलको ढोका ढकढक्याए, भित्रबाट सुनियो बच्चा रोएको आवाज
-
नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी छ : अध्यक्ष ढकाल
-
कर्णालीका मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने